उदयपुरमा लागु औषधसहित एक जना पक्राउ


खबरस्टोरी संवाददाता
२२ बैशाख २०७९, बिहीबार
उदयपुरमा लागु औषधसहित एक जना पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागु औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका– ३ त्रियुगा बसपार्कबाट त्रियुगा नगरपालिका– १२ का १९ वर्षिय पंकु मल्लिकलाई नियन्त्रणमा लिएको हो । 

 प्रहरीले मल्लिकको साथबाट डाईजेपाम ९  एम्पुल, लुपिजेसिक ७ एम्पुल, फेनागर्न ८ एम्पुल गरी २४ एम्पुल प्रतिबन्धित लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए ।

मल्लिकलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप्प गरि अनुसन्धान थालिएको छ । उनलाई लागु औषध ऐनअनुसार कारबाही गरिने प्रहरी जनाइएको छ ।