वीरगञ्जबाट २० लाख नगदसहित दुईजना पक्राउ


खबरस्टोरी संवाददाता
२९ असार २०७९, बुधबार
वीरगञ्जबाट २० लाख नगदसहित दुईजना पक्राउ
काठमाडौँ । प्रहरीले वीरगञ्जबाट २० लाख नगदसहित दुईजनालाई पक्राउ गरेको छ । उक्त रकमको भने अहिलेसम्म स्रोत खुलीसकेको छैन। 

प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको २० लाख नगदसहित दुईजनालाई मङ्गलबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी रक्सौल बस्ने २८ वर्षीय संजितकुमार र २४ वर्षीय अनुराग मिश्र छन् ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।