काठमाडौं । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बरिष्ठ लोक गायक निधन पछिल्लो समय टेलिसिरियलमा पनि खेल्दै आएका थिए ।
लामाको निधन भएको हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार आज बिहान उनी घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका हुन् ।
वि.सं. २०१३ सालमा सिन्धुपाल्चोक बाह्रविसेमा जन्मिएका लामाले लामो समय लोक गीतसंगीतको विधामा अध्ययन तथा अनुसन्धान गरेका थिए ।
उनले गाएका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, सलल पानी, मुलाको चानालगायत थुप्रै लोकगीत लोकप्रिय छन् ।
उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए भने पछिल्लो समय हाँस्य मरिचमान श्रेष्ठले निर्देशन गर्ने टेलिश्रृंखला हल्का रमाइलोमा पनि अभिनय गर्दै आएका थिए ।