९५ वर्षीया वृद्धामाथि कुटपिट गरी लुटपाट


खबरस्टोरी संवाददाता
३१ जेष्ठ २०७९, मंगलवार
९५ वर्षीया वृद्धामाथि कुटपिट गरी लुटपाट
काठमाडौँ । दोलखाको बैत्यश्वर गाउँपालिका–७ माझीबस्तीमा बसोवास गर्दै आएकी एक जना वृद्धा महिलामाथि कुटपिट गरी लुटपाट भएको छ । ९५ वर्षीया असुली तामाङमाथि कुटपिट गरेर लुटपाट भएको हो ।

सोमबार मध्याह्न २ जना अज्ञात व्यक्तिले घरको पिँढीमा बसिरहेकी तामाङलाई कुटपिट गरेर उनले लगाएका सुनका गहना लुटपाट भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

तामाङले कान र गलामा लगाएको करिब २ तोला सुन लुटेराले लुटेको  प्रहरीले जनाएको छ । लुटपाटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ