गढीमाई नगरपालिकाको मेयर कांग्रेस, उपमेयर जसपा विजयी


खबरस्टोरी संवाददाता
११ जेष्ठ २०७९, बुधबार
गढीमाई नगरपालिकाको मेयर कांग्रेस, उपमेयर जसपा विजयी
काठमाडौं । रौतहटको गढीमाई नगरपालिकाको मेयर नेपाली कांग्रेस र उपमेयर जनता समाजवादी पार्टी (जसपा)ले जितेको छ।

कांग्रेसका उम्मेदवार श्यामप्रसाद यादवले ८६३१ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका हुन् । मेयरका जसपा उम्मेदवार शेख अबुलकलाम आजाद ८ हजार ७३ प्राप्त गरी पराजित भए । 

मेयरमा माओवादी केन्द्रका उम्मेदवार रामाकान्त राय यादवले ९ सय ३३, एमालेका संदीपकुमार साहले ६ सय ९९, लोसपाका अवद्यलाल राय यादवले २ सय ५१ मत मात्रै पाए । 

यस्तै, उपमेयरमा भने जसपाका उम्मेदवार समिताकुमारी यादव ६६७१ मत प्राप्त गरि निर्वाचित भइन् । उपमेयरमा नेकपा एकीकृत समाजवादीका नागेन्द्र सिंह ५९०२ मत प्राप्त गरि पराजित भए।

उपमेयरमा एमाले उम्मेदवार अगरीवतिदेवीको ९८० मत, माओवादी केन्द्रकी सोमरीया देवी पासवानको ७९८ मत तथा लोसपाकी चंचला देवीको ४२१ मत प्राप्त भयो । 

गढीमाई नगरपालिकामा कांग्रेस र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो ।