गठबन्धन दलका तर्फबाट बुटवलको प्रमुखमा पाण्डेको उम्मेदवारी


खबरस्टोरी संवाददाता
१२ बैशाख २०७९, सोमबार
गठबन्धन दलका तर्फबाट बुटवलको प्रमुखमा पाण्डेको उम्मेदवारी
काठमाडौँ। आसन्न स्थानीय तहको निर्वाचनका लागि बुटवलमा नेपाली कांग्रेसका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताका साथमा पालिकाका निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ । 

बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्। आफ्ना कार्यकर्ताका साथमा आज उपमहानगरको निर्वाचन कार्यालयमा पुगेर पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्। 

पाँच दलीय गठबन्धन भए पनि कांग्रेसका नेता कार्यकर्ताका साथ उम्मेदवारी दर्ताका लागि पाण्डे निर्वाचन आयोग पुगेका थिए । उम्मेदवारी दर्ता गराउनु पूर्व सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले पूर्वाधार विकासका कामलाई प्राथमिकता दिने बताए । बुटवलको सडक, खानेपानी र सुकुम्बासी समस्या समाधानको कामलाई पूर्णता दिने उनको भनाइ छ ।