ललितपुर महानगरको मेयरमा पुनः चिरिबाबु दोहोरिए


खबरस्टोरी संवाददाता
११ जेष्ठ २०७९, बुधबार
ललितपुर महानगरको मेयरमा पुनः चिरिबाबु दोहोरिए
ललितपुर । ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जन विजयी भएका छन्। 

मंगलबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार महर्जन दोस्रो कार्यकालका लागि महानगरको मेयरमा दोहरिएका हुन्।  महर्जनले नेकपा एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई पछि पारेका हुन्। यस्तै, उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्। उनले गठबन्धनको तर्फबाट उपमेयर उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पछि पारेकी हुन्।