निर्वाचन रोक्न सर्वोच्चमा दायर रिटको सुनुवाई आज


खबरस्टोरी संवाददाता
२८ चैत्र २०७८, सोमबार
निर्वाचन रोक्न सर्वोच्चमा दायर रिटको सुनुवाई आज
काठमाडौं । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन रोक्न माग गरिएको रिटमा सर्वोच्च अदालतले आज (सोमवार) सुनुवाइ गर्दैछ । उक्त रिटको सोमवार पेसी रहेको छ ।  

महोत्तरीको भँगाहा नगरपालिका मेयर सञ्जीवकुमार साह र पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले स्थानीय तह निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए । उक्त रिटमाथि यसअघि कारण देखाऊ आदेश जारी भएको थियो । 

फागुन १३ गते दर्ता गरिएको उक्त रिट फागुन १८ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो । आदेशमा सञ्जीवकुमार साहले दायर गरेको रिटलाई पनि सँगै राखी हेर्ने आदेश भएको थियो ।