स्थानीय चुनावः बुढीगंगा नगरपालिकामा मतगणना सुरु


खबरस्टोरी संवाददाता
२४ असार २०७९, शुक्रबार
स्थानीय चुनावः बुढीगंगा नगरपालिकामा मतगणना सुरु
धनगढी । बाजुराको बुढीगंगा नगरपालिकामा शुक्रबारबाट मतगणना केही बेरमा सुरु हुँदैछ । गत वैशाख ३० गते भएको मतदान रद्द गरिएपछि विहीबार दोस्रो पटक मतदान गरिएको थियो । 

वैशाख ३० मा ९९ प्रतिशत मत खसेको भनिएको बुढीगंगा नगरपालिकामा विहीबार भएको पुनः मतदानमा ६६.८३ प्रतिशत मात्रै मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताए । 

बिहीबार भएको स्थानीय तह निर्वाचनको मतगणना अहिले केहीबेरमै सुरु गर्न लागिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

मतगणनाको तयारीका लागि बिहान साढे नौ बजेतिर सर्वदलीय बैठक बसेको थियो ।