त्रियुगा १० का एमालेका वडाअध्यक्ष गोला प्रथाबाट निर्वाचित


खबरस्टोरी संवाददाता
१७ जेष्ठ २०७९, मंगलवार
त्रियुगा १० का एमालेका वडाअध्यक्ष गोला प्रथाबाट निर्वाचित
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको वडा नं. १०  मा वडा अध्यक्षको मत गणना रोचक बनेको छ । वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार प्रकाशकुमार खड्का र एमाले उमेदवार किरण पाण्डेको मत बराबरी भएपछि नतिजा रोचक बनेको हो । बराबरी मत आएपछि गोला प्रथामार्फत् एमालेका किरण पाण्डेले बाजी मारेका छन् ।

नेपाली कांग्रेसका खड्का र एमालेका पाण्डेले समान १०५३ मत ल्याएका थिए । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन गोला प्रथा गरिएको थियो । गोला प्रथाबाट वडाध्यक्षमा काङ्ग्रेसको प्रकाशकुमार खड्का पराजित भएका हुन् । पछिल्लो परिणाम आएको यो पालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन् ।