किभ पस्दै रुसी सेना, स्थानीयलाई सुरक्षित क्षेत्रमा बस्न सुझाव


खबरस्टोरी संवाददाता
१३ फाल्गुन २०७८, शुक्रबार
किभ पस्दै रुसी सेना, स्थानीयलाई सुरक्षित क्षेत्रमा बस्न सुझाव

बानेश्वर । किभ–रुसी फौज अगाडि बढिरहँदा युक्रेनको राजधानी किभमा गोली हानाहानका विवरण सार्वजनिक भएका छन् । रुसी सेना युक्रेनको राजधानी नजिक पुगेसँगै राजधानीमा गोली हानाहानका विवरण सार्वजनिक भएका हुन् । 

रुसी सेना किभ नजिक पुगेको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन् । शत्रु ओबोलोन क्षेत्र आइपुगेको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनी अधिकारीहरूले स्थानीयलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन् ।