रुसी सेनाको आक्रमणमा परी दुई बालबालिकासहित १८ मारिए


खबरस्टोरी संवाददाता
१७ असार २०७९, शुक्रबार
रुसी सेनाको आक्रमणमा परी दुई बालबालिकासहित १८ मारिए
काठमाडौं। शुक्रबार बिहान रूसी सेनाले युक्रेनको बन्दरगाह सहर ओडेसको आवासीय क्षेत्रमा गरेको आक्रमणमा परी दुईजना बालबालिकासहित १८ जना मारिएका छन्। 

उक्त आक्रमणमा परी ३० जना घाइते भएका छन्। युक्रेनी सेनाले आक्रमणकारीहरूलाई त्यहाँबाट भगाएको दाबी गरेको छ।  

युक्रेन र रुसको युद्धले  पाँचौ महिनामा प्रवेश गरेको छ। दुई देशबीच द्वन्द्व जारी रहँदा युरोपेली देशमा इन्धन आपूर्ति प्रभावित भएको छ भने खाद्य संकटको चुनौती थपिएको छ।