युक्रेनमा रुसको हमला जारी, ४० बढी युक्रेनी सैनिकको मृत्यु


खबरस्टोरी संवाददाता
१२ फाल्गुन २०७८, बिहीबार
युक्रेनमा रुसको हमला जारी, ४० बढी युक्रेनी सैनिकको मृत्यु

काठमाडौँ– रुसले युक्रेनमा हमला जारी राखेको छ । युक्रेनको किभमा रुसी सेनाले आक्रमण गरिरहेको छ । रुसी सेनाले शक्तिशाली सैनिक हेलिकोप्टरबाट आक्रमण गरिरहेको छ । 

नेपालबाट झण्डै ६ हजार टाढा रहेको युक्रेनमा रुसी सैनिकको आक्रमणबाट अहिलेसम्म ४० जनाभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । युक्रेनको सुमी सहरमा रुसी झण्डा गाडिएको छ ।

 युक्रेनी राष्ट्रपति कार्यालयका अनुसार रुसी सीमा क्षेत्रमा ती सैनिकहरू मारिएका हुन् ।

रुसले नेपाली समयअनुसार आज बिहानैबाट युक्रेनको राजधानी किएभसहित मुख्य शहरहरूमा क्षेप्यास्त्र हमला गरिरहेको छ । (एजेन्सी)